कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता, के-के छन् प्रस्तावहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ४, बुधबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराएको हो ।

महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । सरकारलाई महिलामाथिको हिंसा सम्बोधन गर्न न्यूनीकरण गर्न सदनले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको जनाउँदै ध्यानाकर्षण प्रस्ताव पेश गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्ताव कांग्रेस सांसद डा डिला सङ्ग्रौला, लक्ष्मी परियार र प्रमिला राईले दर्ता गराएका हुन् ।

यसैगरी कोभिड–१९ ले वैदेशिक रोजगारीमा पारेको प्रभाव सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षासँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको अर्को विषयमाथि छलफल गर्न पनि सूचना दर्ता गरिएको छ । सो प्रस्तावमा कोभिड–१९ बाट सिर्जित समस्याले वैदेशिक रोजगारीमा कतिले ज्यान र रोजगारी गुमाए तथा कति स्वदेश फर्किए भन्ने विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने कारण देखाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस