कर्णालीमा नेपाल पक्षको भनाई: ‘प्रदेश सरकारलाई हाम्रो समर्थन कायमै छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ४, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ४,सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ओली पक्षले गरेको निर्णयप्रति आफुहरुको (माधव पक्षको) ध्यानाकर्षण भएको बताएका छन् । नेकपा एमाले (ओली) पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै सोही पार्टीका माधव पक्षका नेता समेत रहेका उनले सो निर्णयप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्( ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रिया सम्मत नभएको प्रष्ट पार्न चाहन्छौ’ ज्वालाले औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरु प्रति आफुहरुको असहमति रहेको बताएका छन् । उनले यो निर्णय नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदै भनेका छन्, ‘कर्णाली प्रदेश सरकारप्रति नेकपा ९एमाले० प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौ ।’ ओली समुहको बैठकमा एमालेका २० सांसदमध्ये १० जना मात्र सहभागी थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस