चैत्र ५, काठमाण्डौ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजे बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । प्रमुख सचेतक भट्टराईका अनुसार नेपाल पक्षको भेलाबारे छलफल हुनसक्ने सम्भावना रहेको छ ।
संसदीय दलको बैठकमा माधव नेपाल-झलनाथ खनाल पक्ष भने नजाने भएका छन् । ललितपुरमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले आज डाकिएको संसदीय बैठकमा सहभागी नहुने बताएका छन् ।