नेकपा एमालेको संसदीय दलको बैठक सुरू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ७, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र ७,काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले बताए।

यसअघि गौतम ओली वा नेपाल-खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्।

यो बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने उनले जानकारी दिए।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएका हुन्। बैठकमा नेपाल( खनाल समूह भने अनुपस्थित छन्।

ताजा अपडेट

खोजी गर्नुहोस