सरकारले दिएको १० लाख नलिने नवीन्द्रराज जोशीको परिवारद्वारा घोषणा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ९, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाडौं । मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । जोशी परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए ।

‘सरकारले अनर ग¥यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन्, ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस् र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो ।’

स्वकीय सचिव पाण्डेले नेता जोशीको स्वास्थ्य अवस्था जटिलनै रहेको पनि जानकारी दिए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था जटिल नै छ । डाक्टरले निको हुन्छ, हामी प्रयास गरिरहेका छौं भनेका छन् । उनीहरुले हामीलाई ‘क्लियरफिकेसन’ दिएका छैनन् । विरामीको अवस्थाले गर्दा हामीले पनि बाहिर लैजाने स्थिति बनिसकेको छैन ।’

 

 

ताजा अपडेट

खोजी गर्नुहोस