चैत ११, काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल पर्वतारोहण सङ्घले दिएको रातो किताबको आधारमा माउन्टेन गाइड अर्थात् पर्वतीय पथ प्रदर्शकको परिचय पत्र वितरण नगर्न अन्तरिम आदेश दिएको छ ।
पर्यटन विभागले फागुन २६ गते सूचना जारी गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट जारी पर्वतारोहण गाइडको प्रमाणपत्र वा पर्वतारोहण सङ्घबाट प्रदान गरिएको रातो किताब पेस गरेर पर्वतीय पथ प्रदर्शकको परिचयपत्र लिन सकिने जनाएको थियो ।