संसदीय दलको बैठकमा माधव पक्षका सांसदहरु सहभागी हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १३, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र १३,काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसदहरुसमेत सहभागी हुने भएका छन् । यसअघिको दलको बैठकमा उनीहरु सहभागी भएका थिएनन् ।

माधव पक्षका सांसद सुरेन्द्र पाण्डेले आज बस्ने दलको बैठकमा आफ्नो पक्षका सांसदहरु पनि सहभागी हुने जानकारी दिए । ‘आजको दलको बैठकमा हामी जान्छौ । अस्तिको बैठकमा भेला भएकाले जान सकेनौँ,’ पाण्डेले भने ।

आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस