एमाले संसदिय दलको बैठकमा नेपाल समूहका सांसद सहभागी हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १३, शुक्रबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र १३,काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको काठमाडौँमा उपलब्ध केन्द्रिय सदस्यको बैठकले पार्टी अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने निर्णय गरेको छ ।

त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले अनलाइनकेन्द्रलाई जानकारी दिए ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ३ बजे दलको बैठक बोलाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस