एमाले संसदीय दलको बैठकमा खनाल सहभागी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १३, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत १३ काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् ।

यसअघिको संसदीय दलको बैठकमा सहभागी नभएका उनी २३ फागुनमा सर्वोच्चको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

शुक्रबार नेपाल पक्षीय नेताहरुको बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको थियो, जसअनुसार उनीहरु संसदीय दलको बैठकमा गएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस