चैत्र १५, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेको सरकारलाई दिएको समर्थन यो हप्ता फिर्ता लिने भएको छ । राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले क्यानाडा नेपालसंग कुराकानी गर्दै भने, माओवादी केन्द्रले अबको ४ दिन भित्र सरकारको समर्थन फिर्ता लिन्छ ।
नेता बिडारीका अनुसार अहिले सम्म माओवादी केन्द्र र अरु विपक्षी पार्टी बीच एकता हुन नसकेकोले सरकारको समर्थन फिर्ता नलिएको हो । नेता बिडारीले भने, माओवादी केन्द्र निरिह भएर समर्थन फिर्ता लिएन भनेर धेरै टिक्का टिप्पणी भए तर खास हाम्रो पार्टी र विपक्षी दलहरु संग सहकार्यको टुंगो नलागेर अहिले सम्म अड्किएको हो । अब ४ दिन भित्र सरकारको समर्थन फिर्ता लिने छौं ।