चैत १६ काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमाथि सर्वोच्चमा पेशी चढेको छ।
सोमबार न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलाशमा सुनुवाइ सुरू भएको हो। उक्त रिट सुनुवाइको पहिलो नम्बरमा सुनुवाइ भइरहेको छ।
ललिता निवास प्रकणमा अधिवक्ता वालकृष्ण न्यौपानेले नेपाल र भट्टराईलाई उन्मुक्ति दिन नमिल्दै जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूलाई मुद्दा चलाएको थियो। नेपाल र भट्टराई प्रधानमन्त्री भएका बखत ललिता निवासको जग्गा व्यक्तिको नाममा गएको थियो।