नेता नेपाल र रावल छ महिनाका लागि निलम्बनमा, दुई नेतालाई पुनः स्पष्टीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १७, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेता भीमबहादुर रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । बालुवाटार स्रोतकाअनुसार पार्टी हितविपरित गतिविधि जारी राखेकाले दुई नेतालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार नेताहरु घनश्याम भुषाल तथा सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि उहाँहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त नभएकाले अविलम्ब स्पष्टीकरणको जवाफ दिन भनिएको हो ।

पार्टीले गुटगत भेला तथा बैठक नगर्न चेतावनीस्वरुपको उर्दी गरेपनि खनाल–नेपाल पक्षका नेताले गुटगत भेला, बैठक र समानान्तर कमिटी गठन गर्न नछाडेपछि कारवाहीको विकल्प नभएको बालुवाटार स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस