दुई नेतामाथि भएको कारबाही अस्वीकार्य : नेपाल समूह (विज्ञप्तीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १७, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र १७,काठमाडौँ । नेकपा एमालेको नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने यो समूहको निष्कर्ष छ ।

अध्यक्ष ओलीले सोमबार मात्र नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसको भोलिपल्ट मंगलबार बसेको नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ । ‘यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरितको कार्यको हामी भर्त्सना गर्दर्छौं ।’

विज्ञप्तीसहित

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस