चैत्र १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले नेकपा विभाजित गर्ने आफ्नो निर्णय सच्याउने विश्वास व्यक्त गरेका छन् ।
गत फागुन २३ गतेको सर्वोच्चको फैसलाविरुद्ध माओवादीका नेता नारायणकाजी श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापासहितको टोलीले निवेदन दिएको दाहालले बताए । निवेदन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले सर्वोच्चले उक्त निर्णय सच्याउनेमा आफू विश्वस्त रहेको बताए ।