एमाले नेता बोहोराको ओलीलाई पत्र: अभिमान हावी भएर कुनैपनि निर्णय नगरौँ (पत्रसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ५, आईतबार (४ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

बैशाख ५,काठमाडौँ । एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका अमृतकुमार बोहोराले आइतबार विशेष ध्यानाकर्षण पत्र जारी गर्दै सोमबारका लागि बोलाएको आयोजक समितिको बैठक तत्काल स्थगित गर्न माग गरेका छन् ।

‘अहिले बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोज्नुपर्नेमा उल्टै २०७८ बैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोक्नुपर्दछ । उत्तेजना, आवेग र अभिमान हावी भएर कुनैपनि निर्णय गर्नुहुँदैन । पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ’, बोहोराले भनेका छन् ।

त्यस्तै बोहोराले सवै पक्षलाई आग्रह गर्दै भनेका छन, –‘मेरो गोरुको बाह्रै टुक्का भन्ने नेपाली उखान जस्तो ढिपी कसैले नगरौँ । पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको २०७७ फागुन २८ गतेको एकतर्फी निर्णयलाई विनाशर्त फिर्ता गरौँ । विधिविपरित कमिटीमा थप गर्ने र हटाउने गरी भएका सवै निर्णय सच्याऊ ।’

ताजा अपडेट

खोजी गर्नुहोस