राष्ट्रपतिद्धारा सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख ६, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख ६ काठमाडौं । उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार नियुक्ति गरेकी हुन् ।

गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो ।

गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस