अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन सांसदलाई मन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ६, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख ६ काठमाडौं । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सांसद मुख्यमन्त्री शंकर पोखरेलतिर लागेका छन् ।

उनीहरुले अपरान्ह ४ बजे मन्त्री पदको सपथ लिने मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

सोमबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ सांसदको हस्ताक्षर थियो ।

तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझीले सरकारलाई समर्थन गरेको र मन्त्री बन्न तयार भएको स्रोतको दाबी छ ।अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डे पनि मन्त्री बन्ने भएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस