बैशाख ७,काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ ।
मंगलबार बानेश्वरमा माधव नेपाल पक्षीय सांसदहरुको अनौपचारिक छलफलमा नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सवै नेताहरुले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निश्कर्ष निकालेका हुन् ।
अध्यक्ष ओलीले मंगलबार माधव पक्षका संघका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण दिन भनेका थिए ।