कांग्रेसको पदाधिकारी बैठक देउवाको निवास जारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख ८, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख ८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।

आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा जुटेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन सकेको छैन । विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको कांग्रेस नेताहरु बताउँछन् ।

विवरण नपठाएका जिल्लाहरुलाई कांग्रेसले सदस्यताको विवरण पठाउन थप एक साताको समयसीमा दिएको छ।

पदाधिकारी बैठकमा १४ औं महाधिवेशनको साथै पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस