प्रधानमन्त्री ओली भन्छन्-‘माधव नेपालको समूहलाई कारबाही होइन, सम्झाएको मात्र हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ९, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १९, काठमाण्डौ । नेकपा एमाले भित्र रहेर अर्को पार्टी खोलेर पार्टी विधानभन्दा बाहिर गएर गलत गतिविधि गर्ने माधव नेपाल पक्षका नेताहरुलाई आफुले कारवाही नभएर सम्झाएको अध्यक्ष केपी शर्मा ओलीले बताए । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय सिलान्यासका क्रममा बोल्दै आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताएका हुन् ।

तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी समेत दिएका छन् । सिलान्यास एवं नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस समारोहलाई बल्खुमा सम्बोधन गर्दै ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको प्रष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस