बैशाख ९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली गलत प्रवृत्तिको नाइके भएको आरोप लगाएका छन् ।
पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले गलत प्रवृत्ति भएकै कारण पार्टीबाट ओलीलाई गलहत्याएको बताए । कानुनसम्मत तरिकाले गलत प्रवृत्तिका खलनायकहरुलाई निकालेकै हो उनले भने ।