वैशाख ९, काठमाण्डौ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
आफूहरुको सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको एक नेताले बताए । रिटमा आइतवारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।