बैशाख १०, काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गतेका लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचनका लागि कार्यतालिका सार्वजिनक गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका लागि मतदानको समय बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्धारण गरिएको जनाएको छ ।
वाग्मती प्रदेशमा निर्वाचनका लागि हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने बताएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न जिल्ला न्यायाधीशको नामावली सरकारसमक्ष माग गरेको छ । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले माओवादी परित्याग गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागको हो ।