बैशाख १२,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दैछ ।
आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
उनले भने, ‘हिजो (शनिबार) साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।’