बैशाख १२, काठमाडौं । आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारी गरेका छन् ।
कांगेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह मिलेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको सूचना पाएपछि ओलीले नेपाल समूहका सांसदलाई कारबाही गर्न लागेका हुन् । ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् । एमाले स्रोतका अनुसार ओलीले माधव नेपाल पक्षका सांसदलाई पदबाटै हटाउने तयारी गरेका छन् ।