बैशाख १२, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो दुई बजे बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएको प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
खाणका अनुसार बैठक १४ औं महाधिवेशन तयारी र केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्ने विषयमा केन्द्रित हुनेछ । कांग्रेसले सोमबार दिउँसो दुई बजेका लागि केन्द्रीय कार्यमसिति बैठक बोलाएको छ ।