उपत्यकाका प्रशासन कार्यालयमा एक हप्ता लागी अत्यावश्यक बाहेकका सेवा बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १२, आईतबार (४ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए ।

उनका अनुसार बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस