‘लिक्विड अक्सिजन’ सहित स्वास्थ्य सामग्री उपलब्ध गराउन भारतसंग आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १२, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो ।

पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग कुराकानी अगाडि बढाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस