सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १२, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस