बैशाख १३, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी बुधबार बस्ने भएको छ । सोमबार बस्ने भनिएको बैठक कोरोना परीक्षणपछिमात्र बस्ने भनिएपछि बैठक स्थगित भएको थियो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले कोरोनाको पीसीआर परीक्षणपछि बुधबार बैठक बस्ने जानकारी दिए । आगामी भदौ पहिलो साता महाधिवेशनको मिति तोकेर कार्यतालिकाअनुसार काम गरिरहेको काँग्रेसले महाधिवेशनकै विषयमा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।