बैशाख १५, काठमाडौ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो दुई बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी महाधिवेशनका विषयमा छलफल हुनेछ । बैठक बस्ने भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति र कार्यालयका कर्मचारी गरी १२९ जनाको कोभिड १९ परीक्षण गरिएको थियो ।
जसमा दुई कर्मचारीलाई कोभिड १९ पुष्टि भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीका अनुसार दुई कर्मचारीलाई कोभिड १९ पुष्टि भएको हो ।