लुम्बिनीमा नाटक र नौटंकी चल्दै : माओवादी केन्द्रको नयाँ सरकार गठनको चर्चा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख १९, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख १९, बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि गठबन्धनले प्रदेश प्रमुखमा दाबी पेश भएको छ । ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसामू दाबी पेश गरेको हो ।

प्रदेश प्रमुख यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई एकल बहुमतका आधारमा भन्दै मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । यसमा काग्रेसका १९, माओवादीका १८, जसपाका २, जनमोर्चाका १ सहित सूर्य चिन्हबाट चुनाब लडेका २ जनाको हस्ताक्षर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस