जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने कांग्रेसको अडान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २६, शुक्रबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाण्डौँ । नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने अडान लिएको छ ।
सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखेर काम गर्ने प्रस्ताव गरेको थियो ।

सरकारको प्रस्तावमा निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ । बैठकमा सहभागी कांग्रेसका सहमहामन्त्री जीवन परियारले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रष्ट्याए ।

सरकारले पूँजीगत खर्चभन्दा प्रशासनिक खर्च बढी भएकाले केही कार्यालय गाभ्ने तयारी गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस