दिपू वर्णवाल
जेठ २६, वीरगञ्ज । सर्वोच्चको अल्पकालीन आदेशविरुद्ध सडक आन्दोलनमा उत्रेका नागरिकताविहिन सङ्घर्ष समितिको धर्नामा जनता समाजवादी पार्टी नेपाल जसपाका प्रमुख सचेतक प्रदीप यादवले ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौँस्थित माइतीघर मण्डलामा देशभरबाट पुगेका युवाहरुले सर्वोच्चविरुद्ध सुरु गरेको धर्ना कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ९सांसद्० समेत रहेका यादवले ऐक्यबद्धता जनाएका हुन् ।
धर्ना कार्यक्रममा सहभागी हुँदै सांसद् यादवले नेपाली आमाबुवाको सन्तानले नागरिकता पाउनका लागि सडकमा उत्रेर सङ्घर्ष गर्नु दुर्भाग्यपूर्ण भएको बताए । संविधानले दिएको अधिकारमाथि समेत सर्वोच्चले हचुवाको भरमा अल्पकालीन आदेश जारी नगर्नुपर्ने भन्दै उनले छिटोभन्दा छिटो मुद्दाको छिनफानो गरेर नागरिकता वितरण पुनस् सुरु गरिनुपर्ने बताए ।
नागरिकताविहिनको पिडा आफूले बुझेको बताउँदै उनले भने, ‘तराई(मधेश मात्र नभएर देशभर लाखौँ युवा आज नागरिकता नभएर समस्यामा परेका छन् । उनीहरुको भविष्य अन्धकार तर्फ धेकेलिँदै छ । लाखौँ युवाले देश, विदेशमा रोजगार पाइरहेका छैनन्, वर्षौं लगाएर सिकेको सिप राष्ट्रनिर्माणमा प्रयोग गर्न सकेका छैनन् । उनीहरुको पिडा मैले बुझेको छु ।’
केही सिमित व्यक्तिहरुले आफ्नो खोक्रो राष्ट्रवाद सिद्ध गर्न नागरिकताको विषयलाई जबरजस्ती विवादित बनाइरहेको यादवले आरोप लगाए । ‘आफ्नो सरकार जोगाउनका लागि नागरिकता विधेयक आध्यादेश मार्फत तत्कालिन राष्ट्रपतिले प्रमाणीकरण गर्दा ठिक थियो आज त्यहीँ विधेयक लाइनटूलाइन दुईरदुई पटक सदन मार्फत पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुँदा विरोध गर्नेहरु ढोंगी हुन् । उनीहरु राष्ट्रभक्त होइन, राष्ट्रघाती हुन्,’ पूर्व वन तथा वातावरणमन्त्रि समेत रहेका यादवले भने ।
नागरिकताको समस्यालाई छिट्टै समाधान नगरिए काठमाडौँ मात्र नभएर देशभरका युवाले ठाउँठाउँमा आन्दोलन सुरु गर्ने यादवले चेतावनी पनि दिए । जसपाको पोलिट ब्यूरो सदस्यसमेत रहेका उनले भने, ‘नागरिकताको विषयलाई अझै लम्ब्याइयो भने हामी पनि सडकमा आएर आन्दोलन गर्न बाध्य हुन्छौँ ।
यादवले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेर यसअघिकी राष्ट्रपति भण्डारीबाट भएको त्रुटिलाई सच्याएकोमा प्रशंसा गरे । उनले भने, ‘म राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु ।’
नागरिकताविहिन सङ्घर्ष समितिको आयोजनामा बिहिबारदेखि काठमाडौँको माइतीघर मण्डलमा धर्ना कार्यक्रम सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रामानिकरण गरेको नागरिकता सम्बन्धि विधेयकमाथि सर्वोच्चले अल्पकालीन आदेश जारी गर्दै रोक लगाएपछि उनीहरु आन्दोलित भएका हुन् । एक तथ्याङ्कअनुसार देशभर हाल १२ लाखभन्दा बढी युवाले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।