राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २८, आईतबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाण्डौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि आज राति चीन प्रस्थान गर्दै छन् । अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गर्नु लागेक हुन् । ।

उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै छन् । उनको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी प्रतिनिधिमण्डलमा सहभागी छन् । यस्तै उनका प्रमुख स्वकीयसचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस