प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २९, सोमबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीको सहमतिलाई स्मरण गराएको छ । पूर्व सहमतिबाट सरकार पछाडि हट्न नमिल्ने उनीहरुको माग छ । प्रधानमन्त्रीसँगको भेटवार्तामा सुदूरपश्चिम प्रदेशको पुनः नामाङ्कन हुनुपर्ने विषयले समेत प्रवेश पाएको छ । भेटमा प्रधानमन्त्रीले पहिचानसहितको प्रदेश नामाङ्कनमा विचार गर्न सकिने वचन दिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस