सरकारमा सहभागी हुने सिके राउतको संकेत,सहरी विकास मन्त्रालय पाउनुपर्ने शर्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २९, सोमबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सरकारमा जाने संकेत गरेका छन ।
सहरी विकास मन्त्रालय पाउनुपर्ने उनको शर्त छ ।

सहरी विकास मन्त्रालय नपाए सरकारमा सहभागी नहुने उनको भनाई छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेरको तयारीमा छन।उनले जनमतलाई सरकारमा सहभागी गराउनको लागि मन्त्रिपरिषद हेरफेरको गृहकार्य थालेको बताएको छ । उनले पर्यटनमन्त्री सुदन किराती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई हटाउने तयारी गरेको पनि समाचार बाहिरिएका छन ।

राउतले सहरी विकास मन्त्रालयको लागि अडान लिए भने अहिलेकी सहरी विकास मन्त्री सिता गुरुङले मन्त्रालय त्याग्नु पर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस