स्वास्थ्य उपचारका लागि देउवा आज सिंगापुर जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३०, मंगलबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । सभापति देउवा आज राति ११ सिंगापुर एयरलाइन्सबाट त्यसतर्फ जान लागेका हुन् ।

नियमित फलोअपका लागि देउवा सिंगापुर जान लागेका हुन् । पेट सम्बन्धि समस्या देखिएपछि देउवाले विगत १३ वर्षदेखि सिंगापुरमा एक जना डाक्टरलाई नियमित रुपमा देखाउँदै आएका थिए ।

दुई-दुई वर्षमा फलोअपमा जानुपर्ने भएपनि पछिल्लो पटक विभिन्न कारणले तीन वर्षदेखि जान नसकिएको र यो पटक फलोअपकै लागि देउवा सिंगापुर जान लागेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । परिवारका अनुसार देउवासँग पत्नी आरजू देउवा र सहयोगी भानु देउवा पनि सँगै जाने छन् । उपचार सकिएपछि देउवा स्वदेश फर्किने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस