एमालेले मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३०, मंगलबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ ३०,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।

जेठ १ गते एमालेले नै समर्थन फिर्ता लिएपछि आज ३०औं दिनमा मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा हतारमा विश्वासको मत लिन लागेका छन् ।

तर एमालेले पुनस् उनलाई विश्वासको मत दिने एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले बताए ।

राजनीतिक दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले काम गरिरहेकाले समर्थन दिन लागेको उनले बताए ।

एमाले मधेश प्रदेशको सबैभन्दा ठूलो दल हो ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र माओवादी केन्द्रका ९(९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् ।

यस्तै ३ जना स्वतन्त्र सांसद छन् । मधेश प्रदेशका कुल सांसद १०७ भए पनि आजको बैठकमा ९७ जना उपस्थित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस