गठबन्धनका शीर्ष नेताहरुको बैठक: बजेटमा पुनर्विचार गर्ने सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३०, मंगलबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ३०,काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा संशोधन गर्ने सहमति भएको छ । बजेटको विनियोजन असन्तुलित भएको गुनासो आएकाले ती गुनासोलाई सम्बोधन गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए ।

‘बजेट पारित नहुँदै केही शीर्षकमा मिलाउन मिल्छ भन्ने आएको छ । मिलेसम्म त्यसरी मिलाउने, नमिलेका विषयमा पछि बजेट पारित गरेपछि पनि मिलाउने भन्ने भएको छ’, गजुरेलले भने । उनका अनुसार कम बजेट परेका क्षेत्रमा थप्ने, बढी भएका क्षेत्रमा घटाउने विषयमा नेताहरुबीच सहमति भएको छ ।

संसद‍्‍मा प्रस्तुत भएको बजेट त जस्ताको तस्तै पारित गर्नुपर्ने व्यवस्था छ नि त भन्ने प्रश्नमा गजुरेलले भने, ‘कतिपय अहिले मिलाउने, नमिलेका विषय पछि मिलाउने भन्ने भएको छ ।’

बजेट वक्तव्यमा उल्लिखित करका दर संशोधन हुने वा नहुने विषयमा भने आफूलाई जानकारी नभएको गजुरेलले बताए ।

खासगरी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमा नै बजेट संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ने

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ने भएको छ । मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको हो ।

बैठकपछि बोल्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गठबन्धनभित्र बजेटमा असहमति भएकाले अर्को दिन छुटै बैठक बसेर थप छलफल गर्ने निर्णय भएको बताए ।

मंगलबार बसेको गठबन्धनका नेतहरुको बैठकमा बजेटमा पुनर्विचार गर्ने सहमति भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस