प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गरे पदभार ग्रहण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १,काठमाडौ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट नियुक्त भएर शपथ लिएसँगै उनले सर्वोच्च अदालतमा शुक्रबार साँझ पुगेर पदभार ग्रहण गरेका हुन् ।

शुक्रबार नै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन भएको थियो ।
त्यसपछि राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए ।

कार्की सर्वोच्चको ३० औँ प्रधानन्यायाधीश बन्न सफल भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस