मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन: समस्या देखिएको छ । उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएको थियो ।

थप उपचारका लागि बिहान पाँच बजे नै शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य अहिले सामान्य छ ।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनस् समस्या देखिएको हो ।

राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस