प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ३, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ३,काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ हुने भएको छ । आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

त्यसअघि बिहान साढे १० बजे उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय भएको सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीमगरले रातोपाटीलाई जानकारी दिइन् । गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस