संसद बैठक सूचना टाँसेर स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ५, मंगलबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र ५,काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस