राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २१, मंगलबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिम जाँदैछन् ।

भूकम्प प्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन् ।

राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेल आफ्नो युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन् । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस