बेलायतका राजाद्धारा जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० कार्तिक २४, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कात्तिक २४,काठमाडौँ । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गगरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीवार सन्देश पठाउनुहुँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको बताएका हुन् ।

यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली नागरिकसँग रहेको बताउँदै उनले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरेका छन् ।

उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गरेको नेपालमा रहेको बेलायती दूतावासले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस