रास्वपाको वडा अधिवेशन आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २८, बिहिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

रास्वपाले भरतपुर महानगरपालिका ११, जितपुर सिमरा उपमहानगरपालिका २, पोखरा उपमहानगरपालिका १०, बुटवल उपमहानगरपालिका १३, इटहरी उपमहानगरपालिका २०, भेरीगंगा नगरपालिका ६ र टीकापुर नगरपालिका १ मा आज वडा अधिवेशन गर्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस