जसपाको नवलपुर जिल्ला समिति पुनर्गठन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० मंसिर २८, बिहिबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ । नवलपुरको कावासोतीमा मंगलबार आयोजित कार्यक्रमबाट जगतकाजी गुरुङको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा जसमती थापा, भुम राई मगर सचिव कुलबहादुर थापा सह सचिव रिमबहादुर दरै उपसचिव दलबहादुर कानु र कोषाध्यक्षमा नानीमाया महतो चयन भएका छन् ।

जसपाले पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समयावधि पुस मसान्तसम्म बढाएसँगै गठन र पुनर्गठन गर्न बाँकी रहेका समिति र संगठनको कार्यलाई निरन्तरता दिइएको हो । 

ताजा अपडेट

खोजी गर्नुहोस