सम्पत्ति शुद्धिकरण विभागमा खाँणले बुझाए १५ लाख धरौटी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २९, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौँ । नक्कली भुटानी शणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट ३० लाख धरौटीमा छुटेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले १५ लाख धरौटी मागेको छ । विभागमा खाँणले १५ लाख मूल्य बराबरको बैंक ग्यारेन्टी पेश गरेर बाहिरिएका छन् । नबिल बैंक ग्यारेण्टी बसेको छ।

जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाएपछि खाँणलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ल्याएको हो । अहिले खाँणलाई अख्तियार दुरूपयोग अनु्सन्धान आयोग लगिएको छ। अब अख्तियारबाट धरौटी वा साधारण तारेख पाए खाँण केहीबेरमा छुट्नेछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने प्रहरीले राय दिएको थियो। सोही रायअनुसार खाँणलाई विभाग र अख्तियार उपस्थित गराइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस