‘जनवरी १ तारिखमा नेपाल–भारत सम्बन्धको बारेमा नयाँ घोषणा गरिँदैछ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १, आईतबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष १, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको गठबन्धनको सरकार पूरा अवधि चल्ने दावी गरेका छन् । राजधानीमा पार्टीले सुरु गरेको वैचारिक राजनीतिक प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उनले, गठबन्धन टुटाउनका लागि सरकारलाई कमजोर बनाउने कसरत भए पनि अबको चार वर्ष नै गठबन्धनको सरकार जाने दावी गरेका हुन् ।

उनले आगामी जनवरी पहिलो तारिखमा नेपाल–भारत सम्बन्धको बारे नयाँ घोषणा गर्ने उद्घोष गरे । उक्त घोषणाले पञ्चेश्वरदेखि रेलवे र अन्य विषयमा नयाँ प्रक्रिया सुरु गर्ने विश्वास उनले व्यक्त गरे ।

उनले भने( ‘हामीले अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रतिष्ठा इतिहासमा अहिलेसम्म नभएको ठाउँमा पुर्याएका छौं । जनवरी पहिलो तारिखमा हामी केही घोषणा नेपालबाट गर्दैछौं । त्यसले पञ्चेश्वर, रेलवेदेखि अन्य विषयमा एउटा नयाँ प्रक्रिया सुरु गर्छ ।’

अर्को वर्ष अझ जोड दिएर ठूला विकास परियोजना र भ्रष्टाचारका मुद्दाहरु अगाडि लैजाने ढंगले तयारी गरिएकोउनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस